logo

विद्युत प्राधिकरणलाई चुहावट नियन्त्रण गर्दा २ अर्ब फाइदा

    1769   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – लोडसेडिङ अन्त्य गरेर प्रशंसा कमाई रहेको नेपाल विद्युत प्राधिकरण पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रयत्नशील छ । प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडा अनुसार यो वर्ष करिब २.५ प्रतिशतले मात्र चुहावट कम भएको छ र यसबाट २ अर्ब फाइदा भएको छ । गत वर्षसम्म देशमा उपलब्ध विद्युतको करिब २५.७८ प्रतिशत चुहावट हुने गरेको थियो । यसवर्ष यो घटेर २०.२८ प्रतिशतमा रहेको छ । 

अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको छ । जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने जिल्लाहरुमा अठधिक मात्रामा बिजुली चुहावट हुन्छन् । सिरहा र सप्तरीमा अधिक मात्रामा बिद्युत चोरी हुने गरेको छ । यहाँ हुकिङ गरेर बिद्युत चोरी हुने गरेको छ ।

तराई मात्रै होइन, काठमाडौं उपत्यकामै पनि बिद्युत चोरी हुने गरेको छ । भक्तपुर जिल्लामा सबैभन्दा बढि बिद्युत चुहावट हुुन्छ । मिटर बिगारेर हुने यस्तो चोरीमा प्राधिकरणकै कर्मचारीको समेत संलग्नता पाइन्छ । यस्तो विद्युत चोरी गर्ने केहि कर्मचारीलाई प्राधिकरणले केही महिनाअघि कारबाही समेत गरेको थियो । तर, पछिल्लो समय भने यसमा खासै प्रगति भएको छैन ।

यो वर्ष प्राधिकरणको घाटामा समेत केही कमी आउने देखिन्छ । यो वर्षको घाटा ३ अर्बमै सिमित हुने प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडाले देखाएको छ । अघिल्लो वर्ष प्राधिकरणको घाटा ९ अर्ब थियो ।

भारतबाट चर्काे महशुल तिरेर ल्याएको बिद्युत नेपालमा चुहावट हुँदा प्राधिकरणलाई ठुलो घाटा लाग्छ । देशमा उपलब्ध जलविद्युत आयोजनाबाट उत्पादित बिद्युतले माग धानिरहेको छैन । जसका कारण विद्युत प्राधिकरणले भारतबाट ठुलो माात्रामा बिद्युत आयात गर्नु परिरहेको छ ।

अहिले बर्षायतका कारण खोलानाला बढेसँगै भारतबाट आयातित बिजुलीको मात्रामा केही कमी आएको छ । सुख्खा याममा ३८५ मेगावाटसम्म भारतबाट बिद्युत आयात गरेको प्राधिकरणले अहिले २२६ मेगावाटमा झारेको छ । अहिले स्वदेशमा रहेका आयोजनाबाट कुल ६ सय ३५ मेगावाट उत्पादन भइरहेको छ । पिक समयमा अहिले १२ सय ४६ मेगावाटको आवश्यकता पर्दछ ।

यो वर्ष नेपालले भारतबाट करिब १७ अर्बको बिद्युत खरिद गरेको छ । स्वदेशका निजी जलबिद्युत उत्पादन कम्पनीसँग भने १२ अर्ब बराबरको बिद्युत खरिद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।