logo

सरकारले चाहे निर्मलाको हत्यारा चाडैँ पत्ता लाग्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाई 

    1010   पटक पढिएको

७ माघ /अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले चाहे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने बताएका हुन् । 

उनले घटनाका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै कुरा थाहा भएको बताउँदै प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोचे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताए । घटनालार्ई कसैले राजनीतिक रङ दिनु नहुने भन्दै प्रधानमन्त्रीले सिंहदरबारमा बसेर म पनि छोरीको बाबु हुँ भन्ने सोचे मात्रै पनि हत्यारा चाँडै पत्ता लाग्ने उनले बताए । 

उनले सरकारले पूँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको बताए । प्रमाण मेट्नेलाई नै समात्ने हो भने सबै पत्ता लाग्ने तर सरकारले पूँजीवादका कारण घटना भएको हो भन्नु गलत भएको उनले बताए ।

कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उनले बताए । उनले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।