logo

व्यवसायी दारुका पक्राउ

    1469   पटक पढिएको


आषाढ १२/अर्थ र व्यापार– ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा वीरगञ्जका व्यापारी राजु दारुकालाई पक्राउ गरेको छ । सरकारले गठन गरेको छानबिन समितिले सोमबार दरबारमार्ग स्थित अन्नपूर्ण होटलबाट पक्राउ गरेको हो। 
तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले व्यापारी राजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समितिका एक सदस्यले बताए। 
समितिको नियन्त्रणमा रहेका दारुकाले विदेशबाट आएको सुन भारत लगेर बिक्रि गर्ने गरेको खुलेको हो। सोमबार छोराको विहेको भोजका क्रममा दारुकालाई अन्नपूर्ण होटलबाट प्रहरीले पक्राउ गरको हो। 
छानविन समितीले असार ८ गते वीरगञ्जका सञ्जय खेतान भनिने प्रविण अग्रवाललाई पक्राउ गरेको थियो। उनी हुन्डीको कारोबारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ। 
 गत बिहीबार समितिले ललितपुरको लबिम मलमा रेस्टुरेन्ट रहेका व्यवसायी अकबहर शाहलाई नियन्त्रणमा लिएको थियो। 
यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।