logo

कृषि अनुदान दुरुपयोग भएको उद्योगीको आरोप, परिचयपत्रमार्फत अनुदान दिन आग्रह

    1180   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  -  नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले किसान परिचय कार्डमार्फत् कृषि अनुदान वितरण गर्न आग्रह गरेका छन् ।

बोहराले कृषि अनुदानको दुरुपयोग भइरहेको अवस्था देखिएको उल्लेख गर्दै परिचय कार्डमार्फत् अनुदान वितरण गर्न  आग्रह गरेका हुन्। महासङ्घको प्रदेश नम्बर १ समितिद्वारा आयोजित कृषि व्यवसायको पवद्र्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रियामा व्यवसायी बोहराले यथेष्ट नीतिनियम र कानुनको अभावका कारण यस प्रदेशबाट सोचेअनुसार कृषिजन्य वस्तुको निर्यात हुन नसकेको बताए।

उनले कृषिलाई औद्योगिकीकरण गर्न प्रत्येक जिल्लामा शीतगृह निर्माण गरिनुपर्ने कुरामा जोड दिए ।महासंघको प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कृषिजन्य वस्तु निर्यात गर्न चिया, अदुवा, सुपारी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउनुपर्ने धारणा प्रकट गरे।

अध्यक्ष खड्काले महासङ्घको प्रदेश नं. १ ले लगानीका सम्भावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र केही समयमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराए। एक दिने अन्तरक्रियामा विभिन्न जिल्लाका कृषि व्यवसायी, जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घ र प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि गरी ६० जनाको उपस्थिति थियो।

प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीका अनुसार सहभागी व्यवसायीले माछा व्यवसायमा पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रूग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासका लागि खालि रहेका पहाडी भूभागमा चिया, अलैँची, अदुवा खेतीको वृद्धि गरिनुपर्ने, बजारमा विक्री नभएका कृषि उपज सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।