logo

व्यापारी नरेश अग्रवालसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा २८ करोड रुपैयाँ बिगोसहित मुद्दा

    478   पटक पढिएको


६ चैत/अर्थ र व्यापार – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालसहित चार जनाविरुद्ध अभियोग पत्रदायर गरेको छ।
विशेष अदालतमा व्यापारी नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवश कार्की विरुद्ध मुद्दा दायर भएको हो। उनीहरू चार जना विरुद्ध फरक फरक विगो र सजाय दाबी सहित अभियोग पत्र दायर भएको हो।
हुन्डीको कारोबार गरेको आरोपमा माघ ४ गते भने राजस्व अनुसन्धानबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीबाट अग्रवाललाई पक्राउ गरेको थियो। उनी बस्ने घरको कोठाबाट राजस्वको टोलीले प्रहरीले १ करोड ९९ हजार रुपैयाँ बरामद ग¥यो। त्यस्तै १ हजार ९९४ अमेरिकी डलर समेत फेला पारेको थियो।
अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ विगो दाबी गरिएको छ।

अग्रवालका नाममा रहेको बा १९ च १०१७ को होन्डा जिप समेत सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गर्न अनुरोध गरिएको छ।
यसैगरी, अर्का प्रतिवादी दिवश कार्कीको हकमा ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ विगो माग गरिएको छ। दीपक शाह ठकुरीको हकमा भने ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ विगो माग छ। मनमोहन साह कलवारसँग पनि ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ विगो रहेको छ।
अग्रवालको आदेशमा नै अन्य तीन जनाले हुन्डीको कारोबार गरेको देखिएको हो। उनले बरामद भएको रकम सापटी दिएकाले फिर्ता गरेको बताएका छन्। तर, अनुसन्धानको क्रममा उनको स्रोत खुलेको छैन।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबारमा जिल्ला अदालतले १ करोड २५ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको थियो। फागुन १५ गते अदालतले १ करोड २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
त्यसपछि सम्पत्ति शुद्धीकरण समातेर थप अनुसन्धान गरेको हो। अग्रवाल भारतीय नागरिक हुन्। उनको छोराको नाममा काठमाडौंको बौद्धमा पसल रहेको छ । तर, उनको नाममा भने कुनै पनि व्यापारिक संस्था भएको देखिदैंन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।