logo

विमानस्थलबाट सुन ओसार्न यस्तो उपाए,लुगामा सुनको लेप लगाएर तस्करी

    408   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – विमानस्थलबाट अवैध सुन ओसार्न लुगामा सुनको लेप लगाएर भन्सार छलाउने तरिकाले विदेशबाट सुन ल्याएको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विशेष सूचनाको आधारमा दुबईबाट नेपाल आएका ३५ वर्षीय भारतीय युवक मोहम्मद जिसाहलाई पक्राउ गरेको हो।
केहीदिन अघि उनी इन्डिगो विमानमार्फत दुबईबाट मुम्बई हुँदै काठमाडौं उत्रिएका थिए। संका लागेर प्रहरीले चेक गर्दा मोहम्मदले लगाएको लुगामा सुन भेटिएको थियो। विमानस्थलमा परिक्षण गर्दा उनले लगाएको निलो रंगको जिन्स पाइन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री लुगामा सुनको लेपन गरिएको थियो।
प्रहरीले उनको साथबाट २ केजी २१० ग्राम सुन बरामद गरेको जनाएको छ। थप अनुसन्धानको लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। अहिले उनीमाथी थप अनुसन्धान भईरहेको विमानस्थल प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।