logo

सुन भन्दै दिएको वस्तु फलाम देखिएपछि टासी लाक्पा शेर्पा पुगे प्रहरी खोरमा

    527   पटक पढिएको


१६ पुस/अर्थ र व्यपार – सुन भनी फलाम दिएपछि ठगी गरेको आरोपमा प्रहरीले सोलुखुम्बु घर भएका ४५ वर्षीय टासी लाक्पा शेर्पालाई पक्राउ गरेको छ । तीन साता लामो अनुसन्धानपछि यस्तो ठगी केसमा जिल्ला अदालतमा मुद्दा समेत दायर भइसकेको छ।
शेर्पाले चिनजानको मानिसलाई सुन भन्दै फलामको सामान दिएर ठगी गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सुजन बराइली नामका युवकले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । टासीले आफूलाई ६० लाख रुपैयाँ आवश्यक परेको भन्दै सुजनसँग पैसा मागेका थिए।
सुजनले अहिले आफूसँग २० लाख रुपैयाँ मात्र छ भन्दै सो रकम दिएका थिए । सो रकमको बदलमा शेर्पाले खादा र टेपले प्याकिङ गरेको पोको सुन भन्दै दिएका थिए । तर, खोलेर हेर्दा फलामको टुक्रा निस्किएको थियो।
त्यसपछि टासीले आफूलाई सो सामान अरूले नै दिएको भन्दै रकम फिर्ता नगरेपछि सुजन प्रहरी कहाँ पुगेका थिए। सोही उजुरीको आधारमा अहिले टासी प्रहरी खोरमा पुगेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।