logo

महिला सशक्तिकरणका लागी एकदिने योग सम्पन्न

    1705   पटक पढिएको

४ असार / अर्थ र व्यापार- महिला सशक्तिकरणका लागी काठमाडौंको होटल एभरेष्टमा एकदिने योग सम्पन्न भएको छ । वल्र्ड वुमन टुरिजम, अर्थबाउण्ड एक्सपीडिसन लगायतका संस्थाहरुको आयोजनामा भएको योगमा अन्तर्राष्ट्रिय योग प्रशिक्षक जीवनले सहभागीहरुलाई योग सिकाएका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद जयपुरी घर्तिले योग मानसिक र शारीरिक रुपले तन्दुरुस्त रहन आवश्यक रहेको वताईन । त्यसवाहेक नेपाली समाजमा महिलाहरुलाई विभिन्न किसिमका तनावहरु आईपर्ने भएकोले मानसिक तनावलाई कम गर्न पनि योगले सहयोग गर्ने उनले वताईन । त्यस्तै नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्सालले योगका फाईदाहरुवारे अहिले विश्व नै अवगत भईसकेको वताउँदै आँफुहरुले योगलाई पर्यटन क्षेत्रसंग जोड्दै योगलाई व्यवसायिक रुपमा विस्तार गरिरहेको वताए ।

कार्यक्रममा वागमती प्रदेशका सांसद जगत सिम्खडा, पर्यटन व्यवसायी तथा नेपाल योग एशोशियसनका महासचिव राजन सिम्खडा लगायतको उपस्थिति रहेको थियो । एक दिने योग कार्यक्रममा महिलाहरुका विभिन्न संस्थाका ६० भन्दा बढि महिलाहरु सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।