logo

राजश्व छल्ने अग्रवालविरुद्ध ७ करोड ६० लाख रुपैयाँको मुद्दा,उनको साथमा रहेको नगद डेढ करोड रुपैयाँ पनि जफत

    1753   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – राजश्व छलीमा संलग्न भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजश्व अनुसन्धान विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गर्ने मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले मूल्य अभिवृद्धि कर छली गरेको आरोपमा भारतीय नागरिक विमला ईन्टरनेशनलका सञ्चालक अग्रवाल विरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना घर भई हाल काठमाडौं महानगरपालिका – १३ ताहाचल बस्ने ३२ वर्षिय अग्रवालविरुद्ध ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गरिनुपर्ने माग दावी सहित अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
अनुसन्धानको क्रममा राजश्व छलिमा संलग्न अग्रवालसँग रहेको भारतको आधारकार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।
सो फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, रफ बिल र गैरबिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठूलो परिमाणमा नगद घरमा राख्ने गरेको भेटिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले यस्तो कार्यमा संलग्न अग्रवालमाथी राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन अनुसार कारर्बाही हुने बताए । पाण्डेका अनुसार अनुसन्धानको क्रममा केहि दिनअघि अग्रवालको ताहाचलस्थित कोठाबाट डेढ करोड रुपैयाँ नगद दराजमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । बरामद भएको सो रकम प्रहरीलाई बुझाईएको थियो । उनले अग्रवालको कोठामा फेला परेको नगद १ करोड ५० लाख रुपैयाँ जफत गरि बाँकी २ करोड ३० लाख ३१ हजार ८५२ रुपैयाँ असुल उपर गर्न माग गरिएको जानकारि दिए ।
उनको यस्तो कार्यबाट नियतवस आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली गरेको देखिएको विभागले जनाएको छ । उनको फर्म विमला इन्टरप्राइजेज र सञ्चालक अग्रवालबाट सो रकम असुल उपर गरिनुपर्ने र संजाय माग दावी गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार अग्रवालले राजश्व छलिको क्रममा कानूनले निर्देशित गरेको व्यवस्था विपरीत गएर बिल बिनाको कारोबार गरेको, नगद कारोबार गरी नगद जति घरमै राख्ने गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।
बिल बिजक जारी नगरी अवैध कारोबार गर्दै अग्रवालले ३ करोड १७ हजार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७५३ रुपैयाँ आयकर छली गरेको अभियोगमा विभागले ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो दाबी र सोही बिगो बराबरको जरिवाना र संजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको बताएको छ । अब उनलाई राजश्व अनुसन्धान तथा चुहावट ऐन अनुसार कारर्बाही हुने विभागले जनाएको छ ।
राजश्व छल्ने अग्रवालले अर्डर स्टमेट फर्मवाट प्राप्त आयलाई आफ्नो व्यसायको आधिकारीक विक्रि आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको,आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ । यसअघि पनि विभिन्न तरिका अपनाएर राजश्व छल्नेहरुलाई यसैगरि, विभिन्न अदालतमा मुद्दा दायर गर्दै आएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।