logo

सार्वजनिक सवारीले अब सिटभन्दा बढी यात्रु बोक्न नपाउने, २५ जना भन्दाबढी जम्मा हुन पनि नपाइँने

    1284   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– काठमाडौं उपत्यका भित्र सञ्चालित सार्वजनिक सवारी साधनले सिट भन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । पछिल्लो समय काठमाडौं उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै उपत्यकामा सञ्चालित सार्वजनिक सवारीलाई कडाई गरिएको हो । 
मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक सवारी साधनहरुले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको हो ।
यस्तै, सबै यात्रुहरुलाई अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचाकलले अनिवार्य मास्क, भाइजर तथा पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्ने सीडीओले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, धेरै मानिस जम्मा हुने कामहरू नगर्न, अत्यावश्यक काममा प्रशासनको अनुमति लिनुपर्नेलगायत १८ बुँदे नयाँ जारी गरेको छ । अब बिबाह, भोज तथा अन्य सामाजिक कार्य तथा बैठक गर्नुपरेको खण्डमा २५ जना भन्दाबढी सहभागी गराउन नपाइँने कडा नियम जारि गरिएको तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन । उनीहरुले यो नियम काठमाडौ उपत्यकाका तीनै जिल्लामा एकैपटक लागु गर्नकालागि यस्तो कडा आदेश जारी भएको बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।