logo

युनाइटेड मोदी हाइड्रोपावरद्वारा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन

    1288   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ५ करोड ४९ लाख खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा हाइड्रोको आम्दानीको मुख्य स्रोत विद्युत बिक्री बढ्न नसक्दा खुद नाफा सामान्य मात्र बढेको छ । चालू आवको ६ महिना अवधिमा कम्पनीले १६ करोड ८३ लाख ४५ हजार आम्दानी गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २ लाख ७८ हजार मात्र धेरै हो । कम्पनीले ३३ लाख २२ हजार अन्य आम्दानी गर्दा एक करोड ३ लाख कर्मचारी खर्च, अन्य सञ्चालन एक करोड ८४ लाख, फाइनान्सियल कस्ट ४ करोड ३३ लाख तथा ह्रासकट्टी ३ करोड ७१ लाख खर्च गर्दा ५ करोड ५५ लाख नाफा आर्जन गरेको हो ।

यस अवधिमा हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी ६०.७६ प्रतिशतले घटेर ८४ लाख ६६ हजारबाट ३३ लाख २२ हजारमा झरेको छ । एक अर्ब १५ करोड चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोषमा ६ करोड ९२ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

हाइड्रोको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेको
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।