logo

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या लाइफ केयर’ पुरक करार योजना सार्वजनिक

    3989   पटक पढिएको

२६ असार / अर्थ र व्यापार - सूर्या लाइफ इन्स्योरेन्सको १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार योजना सार्वजनिक गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गर्नेछ ।

न्युनतम बीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण , बीमित जीवित छँदै दाबी गर्न सकिने ,रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा , दाबी रकम पाउने ,रु. ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने ,१६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने , ३५ वर्ष सम्मको बीमा अवधि वा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने जस्ता सुविधा रहेका छन् ।‘सूर्या लाइफ केयर’ सम्बन्धी पुरक करार बीमितहरुको सहजता लाई मध्येनजर गरि कम्पनीबाट जारी भएका सबै बीमालेखहरुमा यो सुविधा उपलब्ध गराइनेछ । यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सक्नेछन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।