logo

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

    1271   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार - शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन् । उनी करिव ४ वर्षदेखि शिवम सिमेन्टमा आवद्ध छन् ।

नवनियुक्त प्रमुख कार्यकारी देवकोटा लामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट, चौधरी ग्रुप नेपाल र शिवम सिमेन्टस् समेतमा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन् ।

देवकोटालाई कम्पनीको सञ्चालक समितिको ५१औं बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरिरहेको छ । शिवम् सिमेन्टस् हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।