logo

कार्तिक १० गते रिडि हाइड्रोपावरले बोलायो साधारणसभा

    1266   पटक पढिएको

८ असोज / अर्थ र व्यापार – रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आआफ्नो बार्षिक साधारणसभा डाकेका छन् । कम्पनीले छ प्रतिशत बोनस शेयर दिन प्रस्ताव पारित गरेसँगै जारी पूँजी एक सय करोड रुपैयाँ पुर्याउने  विशेष प्रस्ताव राखेको छ ।

रिडि हाइड्रोपावरले कार्तिक १० गते सोह्रौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गरेर एक अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीको हालको चुक्ता पूँजी ४७ करोड २२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब पुर्याउन कम्तिमा पनि कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्नु पर्ने हुन्छ । साधारण सभा प्रयोजनार्थ कम्पनीको शेयर कारोबार तथा बुक क्लोज असोज २९ गते देखि कार्तिक ७ गतेसम्म बन्द हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।