logo

पाँचथर पावर कम्पनीको शेयर खुल्ला, ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन

    1175   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार  -  पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले आज (पुस ३० गते) देखि साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले हाल निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तत्कालीन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाहरुले आवेदन गर्न पाउनेछन् । आईपिओमा आवेदन गर्ने छिटोमा माघ १४ गतेसम्म रहेको छ । सो समयमा निष्काशित आईपिओ बिक्री नभएमा माघ २९ गतेलाई आईपिओ निष्काशन बन्द हुने ढिलो मिति निर्धारण गरिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्न सक्नेछन् ।

यस आइपिओमा चार स्थाबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । जसमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय फिदिम पाँचथरबाट स्थानीयले आईपिओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले पुस ३० गतेदेखि आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता निष्काशन गर्न लागेको हो । यो आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा सोही परिमाणमा सर्वसाधारणमा आईपिओ निष्काशन गर्नेछ ।

कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ । पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।