logo

आईएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1294   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार  - आईएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने फागुन ३० गते बिहिबार अन्तिम रहेको छ । इस्योरेन्सले फागुन २२ गतेदेखि एक लाख दुई हजार ३६४ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको हो । 

इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख दुई हजार ३६४ कित्ता अवितरित भएको शेयर अहिले लिलामी मार्फत बिक्री गरिरहेको छ ।

इच्छुक लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्ने व्यवस्था छ । बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर पेश गर्नु पर्ने हुन्छ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिहिबार इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१७ रूपैयाँको हाराहारीमा कारोबार भएको छ ।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ बोनसबाट जुटाउनु पर्ने हुन्छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।