logo

गुराँस लाइफ इन्स्योरेन्सद्वारा बोनस शेयर वितरण गर्ने प्रस्ताव

    953   पटक पढिएको

२६ फागुन /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएपनि  निष्काशन गर्न नसकेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पुनः सञ्चालक समितिमा प्रस्ताव लैजाने भएको छ । फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २१ गते ९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले हालको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

त्यस्तै सोही चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ । बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयरपछि चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ कायम हुनेछ ।  पहिलो चरणमा बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेपछि बीमा समितिले निर्देशन गरेको दुई अर्ब पूँजी जुटाउने क्रममा पुनः शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ । कम्पनीले चुक्ता पूँजी ९४ करोड ८५ लाख रुपैयाँको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत्र ५ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन् । पूराना जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफ पूँजी जुटाउनेमा सबैभन्दा पछाडि रहेको थियो। बीमा समितिले पूँजी जुटाउने स्पस्ट खाका सहित साधारणसभामा जान निर्देशन दिए सँगै कम्पनीले एकै पटक बोनस शेयर र दुई पटक हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अगाडि सारेको हो ।    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।