logo

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा

    995   पटक पढिएको

१० माघ/ अर्थ र व्यापार - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा फसकेको छ । सरकारले उचित निर्णय गर्न नसक्दा आयोजना अन्योलमा फसेको हो । सरकारले चिनियाँ कम्पनी गेजुवासँग २ पटक निर्माण प्रक्रियाका बारेमा छलफल गरेपनि कुनै निकास निक्सिएको छैन ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी आयोजनालाई प्रक्रिया अगाडि बढाएपनि वर्तमान सरकार गठन हुने वित्तिकै मन्त्रिपरिषदले निर्णय गरी आवश्यक प्रक्रिया मिलाउन, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई जिम्मा दिएको थियो ।

गत दशै अगावै र पछि एक पटक चिनियाँ कम्पनीसँग सम्वाद भएपनि त्यसपछि कुनै सम्वाद हुन सकेको छैन । आयोजनाको बारेमा अन्यौलता बढीरहेको बेला गोरखाको आरुघाट बजार र धादिङको खहरे बजार आसपासको क्षेत्रमा हालसम्म मुआब्जा समेत निर्धारण हुन सकेको छैन । जसका कारण आयोजान प्रभावित क्षेत्रमा समेत थप अन्यौलताको अवस्था सिर्जना भएको छ ।
आयोजनाको विषयमा प्रक्रिया अगाडि बढेपछि मुआब्जा वितरणको काम समेत अगाडि बढ्न सकेको छैन । चालु आवका लागि सरकारले मुआब्जाका लागि मात्रै १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । तर हालसम्म मात्रै ४ अर्ब रुपैयाँ मात्रै वितरण हुन सकेको छ । मुआब्जा निर्धारण भएका क्षेत्रमा समेत प्रभवकारी रुपमा मुआब्जा वितरण हुन नसक्दा स्थानीयअ ायोजना प्रभावित समस्यामा फस्दै गएका छन् ।

केही समय पहिले आरुघाट बजार पुगेका नेकपाका अध्यक्ष प्रचण्डले छिट्टै बुढीगण्डकीको प्रक्रिया अगाडि बढ्ने र मुआब्जाा निर्धारण हुन नसकेका क्षेत्रको समेत मुआब्जा निर्धारण हुने बताएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाका बारेमा हालसम्म ठोस प्रगति भएको वा नभएको बारेमा केही बताएको छैन । मन्त्रालयका उच्च अधिकारीले छलफल जारी रहेको र केही समयभित्रै उचित निकास निस्कने बताए ।

कूल २ खर्ब ७० अर्ब लागतको भनिएको सो आयोजना जति समय लम्बिदै जान्छ, उत्ति नै समय लागत समेत बढ्दै जाने देखिएको छ । कूल १२०० मेगावाट क्षमताको सो आयोजनालाई बहुउपयोगी कसरी बनाउने भन्ने बारेमा समेत हालसम्म कुने छलफल हुन सकेको छैन । जस कारण पनि राष्ट्रिय रुपमा नै आयोजनाको बारेमा अन्यौलता बढेर गएको हो । गोरखा भूकम्प पीडितले घर तथा आवास समेत निर्माण गर्न पाएका छैनन् । आयोजनाका लागि भन्दै नेपाल आयल निगमले हालसम्म २७ अर्ब रुपैया उठाइसकेको छ । पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर तोकिएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा उक्त कर लिने निर्णय गरिएको हो ।

आयोजनाको क्षेत्रमा चरम रुपमा बालुवा, ढुंगा तथा गिट्टी तस्करी भइरहेको प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिको अध्ययनबाट फेला परेको छ । समितिले केही दिन पहिले आयोजना क्षेत्रको स्थलगत निरिक्षण समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।