९ फागुन/ अर्थ र व्यापार– सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६ दशमलब ९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १ दशमलब ४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीले लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया