logo

सिटिजन लाइफले ८७.३४ प्रतिशत बढायो खुद नाफा, बीमा शुल्क आर्जन र कर्जा आम्दानी वृद्धि

    325   पटक पढिएको


३१ वैशाख/अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको वितेका ९ महिनामा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको ९ महिनाको तुलनामा ८७.३४ प्रतिशतले खुद नाफा आर्जन वृद्धि गरेको जनाएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी र खुद प्रिमियम बढाउँदा यस कम्पनीको नाफामा सुधार देखिएको हो। ९ महिनामा कम्पनीले ७.०४ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको चैतसम्म ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो।
यस कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी ४६.६५ प्रतिशतले वृद्धि गरेको छ। अघिल्लो आवको ९ महिनामा कम्पनीले लगानी तथा कर्जाबाट ७८ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ९.५३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५.७२ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।