logo

नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

    401   पटक पढिएको

चैत ४अर्थ र व्यापार – एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्रै यस कम्पनीको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार आवेदकले न्यूनतम १० हजार र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सक्नेछन् । आइतबारदेखि आगामी १३ चैतसम्मका लागि आवेदन खुला हुनेछ । आवेदक संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ७५३ रुपैयाँ तोकेर बोलकबोल आवेदन प्रक्रियामा सहभागी हुन सक्छन् ।
यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ । न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ कायम गर्दै आइतबारदेखि लिलामी बोलकबोल आवेदन खुलाइएको छ ।
इच्छुक विद्यमान संस्थापक तथा अरु व्यक्ति वा संघसंस्थाले चैत १३ गतेसम्म आवेदन दिन सक्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।