logo

अजोड र यूनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार २१ जेठबाट

    497   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ । सो कम्पनीहरुको कारोबार अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट हुनेछ ।
चार महिना अघि गत २६ पुसमा मर्जरमा सहमती गरेका यी कम्पनीहरुले एकीकृत कारोबारको लागि भने लामो समय खर्चेका छन् । यसअघि पनि अजोड र प्रभु इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सहमति गरे पनि अन्तिममा अजोड इन्स्योरेन्सले डीमर्जरको घोषणा गरेको थियो ।
अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाँदा आफूले सीईओ नपाएको भन्दै मर्जर तोडेको थियो । तर, अहिले अजोड र यूनाईटेड इन्स्योरेन्स मर्जरमा जाने सहमती भएपछि भने अजोडले सीईओ पाउने सम्भावना टरेको छ ।
अजोड इन्स्योरेन्सका वर्तमान सीईओ कुमारबहादुर खत्रीले भने, अहिले यूनाईटेड इन्स्योरेन्सले नै दुवै सीईओ र संचालक समिति अध्यक्षको जिम्मेवारी लिने किसिमले सहमती भएको छ । सो सहमती अनुसार चाँडै नै हाम्रो एकीकृत कारोबार तय भएको हो । तर, सीईओ खत्रीले आफूले सीईओ पाउनका लागि जर्बजस्ती गर्दै आएको कुरा भने गलत साबित भएको बताए ।
सीईओ खत्रीले थपे, ’तपाईरुले मैले सीईओ नै चाहिन्छ भनेर मरिहत्ते गरेको सुन्नु भएको छ भने त्यो त गलत हो ।’ दुई कम्पनीले १०० बराबर ९० को अनुपातमा मर्जर जाने सहमति गरेका हुन् । अहिले युनाइटेडको चुक्ता पुँजी एक अर्ब २ करोड रुपियाँ छ भने अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपियाँ छ ।
हाल यूनाईटेड इन्स्योरेन्सको बरिष्ठ डीसीईओमा नविन सुवेदी रहेका छन् । नयाँ बन्ने कम्पनीमाको सीईओ कस्लाई बनाउने भन्ने छलफल भइरहे पनि टुंगो लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।