logo

आइएमई समूहले किन्यो लाजिम्पार्टको‘होटल लि हिमालय’ , हस्पिटालिटी क्षेत्रमा तेस्रो फड्को

    887   पटक पढिएको


६ मंसिर/अर्थ र व्यापार– रेमिट्यान्स, फाइनान्स, बैंक, अटो, केबलकार र सिसोर्ट लगायत विविध क्षेत्रमा संलग्न सफल व्यावसायिक घराना आइएमई समूहले हाल काठमाडौको लाजिम्पार्टस्थित ‘होटल लि हिमालय’ खरिद गरेर लिएको छ ।
आइएमई समूहले पर्यटन पूर्वाधारको विभिन्न होटल समालेको यो तेस्रो होटल हो । सर्वप्रथम चन्द्रागिरी हिल्स रिसोर्टबाट हस्पिटालिटी विजनेशमा हात हालेको आइएमई समूहले ६ महिनाअघि मात्र पोखराको लेकसाइड ट्रिप रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।
कोरोना विश्व महामारीले थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैँ गर्दा अहिले आइएमई समूहले लाजिम्पार्टमा चलिरहेको हिमालय लि होटल लिएर सञ्चालन गरेको हो ।
स्वदेशी र विदेशी सबै पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको बेस्ट रिजोर्ट नेपाल हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक विक्रम शाहले जानकारी दिए ।
उनले ग्राहकलाई सुलभ मूल्यमा पाँचतारे होटलको जस्तो सेवा दिइरहेको बताए । ‘आनन्दले घुम्ने योजनाकासाथ काठमाडौं आएका आन्तरिक तथा बाह्य पर्यटकलाई यस होटल लि हिमालयले सहुलियत एवं निकै आकर्षक मुल्यमा पाँचतनरे होटलको जस्तै उच्चस्तरको गुणस्तरीय सेवा दिन्छ’ सीईओ शाहले भने ।
यसैगरि, सीईओ शाहले सहरी क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने लक्ष्यकासाथ काठमाडौंको केन्द्रीय क्षेत्र लाजिम्पाटमा सञ्चालित होटल लिएको बताए ।’लाजिम्पाट व्यवसायिक हिसावले निकै महत्वपूर्ण स्थान हो, धेरै देशका दूतावासहरु यस क्षेत्रमा छन् , ठूला कर्पोरेट हाउसहरु यसै क्षेत्रमा केन्द्रीत छन् । ‘विदेशी पर्यटकको लागि पनि यो सजिलो गन्तव्य हो’ शाहले भने ।
होटल लि हिमालय थ्रीस्टार वर्गको होटल हो । हाल होटल लि हिमालयमा ५० वटा कोठाहरु छन् । एउटा कन्फ्रेन्स (सभा) हल रहेको छ । सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । यसैगरि, होटल भित्रै एउटा रेष्टुरेण्ट एण्ड बार छ । यस होटलमा कर्पोरेट हाउसहरुको लागि भनेर एउटा बोर्ड रुम बनाइएको छ । हाल यस होटलमा रुफटप रेष्टुरेन्ट थप्न लागिएको शाहले जानकारी दिए ।
उनले होटल सहरको केन्द्रीय भागमा रहेकोले र प्रयाप्त पार्किङ व्यवस्था रहेको उनले बताए।
उनले व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्नकालागि होटल ले हिमालय असाध्यै उपयोगि रहेको बताए । ‘घरमा पाहुना आयो भने खुसी हुने हाम्रो संस्कार हो, हामी ‘अथिति देवो भवः’ भन्छौं, यसलाई आत्मसात गरेका छौं’ उनले भने । यस होटलले उत्कृष्ट स्वादका परिकारसहित उत्कृष्ट सेवा दिने र ग्राहकले अफोर्डएवल मूल्यमा फाइभ स्टार होटलको जस्तो सुविधा उपभोग गर्न पाउने दावी गरे ।
आइएमई ग्रुपले सञ्चालनमा ल्याएका धेरै जस्तो सेवाहरु आईएमई ब्राण्डमा छन् । तर, होटल क्षेत्रमा भने आइएमई समूहको ब्राण्ड प्रयोग गरिएको छैन । अब विस्तारै आइएमई समूहको नामबाट नै होटलहरुको नामाकरण गर्नेबारे निर्णय हुन सक्ने शाहले जानकारि दिए । यत्तिको व्यवसायीक घरनाले अब आफ्नो विशेष एउटा ब्राण्ड त बनाउनै पर्छ, एउटा स्ट्याण्डर्डमा चल्नैपर्छ, यसबारे गृहकार्य भईरहेको जानकारी गराउँदै शाहले भने, ‘हामी होटल क्षेत्रमा नेपाली ब्राण्ड सिर्जना गर्न चाहान्छौं, तर नाम अहिले नै फाइनल भएको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।