logo

एशियन लाइफले व्यतित बीमालेखमा ब्याज छुट दिने

    988   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ब्याज छुटको व्यवस्था गरेको जानकारी दिएको हो ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कम्पनीबाट जारी गरिएको नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ साल कात्तिक २० गतेदेखि व्यतित भएका बीमालेखहरु मिति २०७९ कात्तिक २१ गतेदेखि २०७९ मंसिर २१ गतेभित्र पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्क (ब्याज)मा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।’
ब्याज छुटसम्बन्धी कम्पनीले केहि शर्त समेत राखेको छ । जसमा यहि कात्तिक २० गतेसम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट प्रदान गरिने सो कम्पनीले जनाएको छ ।
यसैगरि, यहि २०८० साल कात्तिक २० गतेभन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान नगरिने कम्पनीको भनाई छ ।
यसका साथै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात (मिति २०७८/०३/२३ पश्चात) एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।