logo

१० प्रतिशतभन्दा बढी ७ फाइनान्सको खराब कर्जा 

    2442   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – ‘ग’ वर्गका आधा दर्जन वित्तीय संस्थाको खराब कर्जा उच्च देखिएको छ । सञ्चालनमा रहेका ७ फाइनान्स कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा बढी देखिएको हो । खराब कर्जा उच्च हुनेमा हामा, सिनर्जी, अरुण, जनरल, लुम्बिनी, पश्चिमाञ्चल र युनियन फाइनान्स रहेका छन् । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले ती फाइनान्सको खराब कर्जा उच्च रहेको देखिएको हो । गत चैत अन्तिमसम्मको वित्तीय सूचकमा २६ फाइनान्समध्ये ७ वटाको खराब कर्जा उच्च देखिएको हो । त्यसमध्ये अरुण र जनरल फाइनान्स समस्याग्रस्त घोषणा भएर पनि फुकुवा भएका हुन् । अन्य चार फाइनान्सको खराब कर्जा पनि १९.२३ प्रतिशतसम्म देखिएको छ ।

फाइनान्सहरूको औसत खराब कर्जा ४.०६ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५९ प्रतिशतले कम हो । २०७२ को चैत मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा ५.६५ प्रतिशत रहेको थियो । समस्याग्रस्त घोषणा भइसकेका फाइनान्स कम्पनीको खराब कर्जा बढी देखिए पनि औसतमा सन्तोषजनक रहेको छ । 

सबैभन्दा कम खराब कर्जा श्री इन्भेस्टमेन्टको रहेको छ । श्री इन्भेस्टमेन्टको कुल कर्जाको ०.२६ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । अन्य पाँचवटा फाइनान्सको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम रहेको छ । खराब कर्जा १ प्रतिशतभन्दा न्यून हुनेमा युनिक, नमस्ते, आइसिएफसी, गुहेश्वरी र युनाइटेड फाइनान्स रहेका छन् ।

समीक्षा अवधिसम्ममा फाइनान्स कम्पनीको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । चैत २०७३ सम्ममा ५६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीले ७२ अर्ब १३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । चैत २०७३ सम्ममा फाइनान्स कम्पनीहरूले ४९ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ३२ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।