logo

नेपाल बङ्गलादेश बैंकद्वारा दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

    833   पटक पढिएको

१० फागुन /अर्थ र व्यापार - नेपाल बङ्गलादेश बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले ‘एनबिबी डिबेञ्चर २०८५र८६’ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियूक्त गरेको छ । 
ऋणपत्र निष्काशन सम्बन्धी सभ्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगान र नबिल ईन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्सकान गरिने छ । ऋणपत्रको स्वीकृति धितोपत्र बोर्डको स्वीकृति लिन बाँकी छ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।