logo

नाट्टा निर्वाचनका लागि तीन प्यानलको मनोनयन दर्ता

गुरागाईं, पन्त र धाख्वा प्यानलसहित प्रतिष्पर्धामा 

    2119   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी तीन प्यानलले मनोनयन दर्ता गरेका छन । मंगलवार नाट्टाका वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन । 

गुरागार्इं समुहको बरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिबमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरु सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले  मनोनयन दर्ता गरेका छन ।

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ,रामशोभित नायक र हरिकुमार श्रेष्ठ,विष्णु कार्की,डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन ।

धाख्वा समुहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिबमा अमृत ढकाल, कोषाध्यक्षमा देबकी गुरुङ र सह–कोषाध्यक्षमा फूदोमा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।