logo

नागरिक लगानी कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने

    1543   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - नागरिक लगानीकोषको चुक्ता पुँजी वृद्धि हुने भएको छ । नागरिक लगानी कोषको चुक्ता अब पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल एक अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ । कोष पुँजी वृद्धि गर्न राष्ट्रियसभाबाट विधयक पारित भएपछि चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधयकमा अधिृकत पूँजी ८ अर्ब, जारी तथा चुक्ता पूँजी ३ अर्ब पुर्याउने विधेयकमा उल्लेख छ ।

राष्ट्र बैंकको ठाँउमा राष्ट्रिय बीमा संस्थानको पूँजी थपिएको छ । संस्थानको ३१.५ प्रतिशत शेयर हिस्सा हुने विधेयकमा उल्लेख छ । यस्तै सरकारले शेयर स्वामित्व पनि बढाएको छ । हाल कायम १० प्रतिशतलाई बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ ।

नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ । ४० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्र बैंक त्यस विद्येयक पारित भएपछि बाहिरिने भएको छ । कोषले आयोजना गरेकै कार्यक्रमा पनि अर्थमन्त्री र राष्ट्र बैंकका कामु गर्भनरले शेयर स्वामित्व निकाल्ने जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।