logo

पाँच हजार वातावरणमैत्री ब्रस वितरण गरिने

    1026   पटक पढिएको

१५ कार्तिक / अर्थ र व्यापार- हम्बल स्माईल फाउण्डेसनले नेपालको खुम्बु क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई वाँसवाट बनेको वातावरणमैत्री दाँत माझ्ने ब्रस वितरण गर्ने भएको छ ।

मकालु एड्भेञ्चर प्रा.लि. वाट नेपालमा पदयात्रा गर्न आएका चेक रिपब्लिकका नागरिक गार्ड जेम्स के ले खुम्बु क्षेत्रका २२ वटा विद्यालयमा पाँच हजार ब्रसहरु वितरण गर्ने मकालु एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक मोहन लम्सालले वताए । सो सम्बन्धमा जानकारी दिन आयोजित कार्यक्रममा जेम्सले आँफुले वालवालिकाहरुलाई दाँत माझ्ने विधि समेत सिकाउने वताए ।

फाउण्डेसनले आपा शेर्पा फाउण्डेसन संगको सहकार्यमा यस ओरल हाईजिन प्रोजेक्ट सञ्चालन गर्नेछ । जेम्सको नेतृत्वमा अघिल्लो वर्ष समेत मकालु एड्भेञ्चरले वाघ प्रजातिको संरक्षणका लागी जनचेतना जगाउने उद्देश्यले सगरमाथा आधार शिविरसम्मको पदयात्रा सम्पन्न भएको जानकारी दिईयो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।