logo

आँगनका मिठाइ उत्पादन गर्ने कम्पनीलाई विभागले तिरायो २ लाख जरिवाना

    248   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।
सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
आकाश फुड्सले आँगन ब्राण्डका मिठाइ उत्पादन गर्ने कम्पनीमा छापा मारि अनुगमन गर्ने क्रममा यस्तो अखाद्य बस्तु प्रयोग भएको जानकारी गराउँदै विभागका महानिर्देशक राजन दाहालले भने, ‘उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि कारबाही रुवरुप जरिवाना तिराइएको हो ।’
उनका अनुसार परिक्षणको क्रममा मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको थियो ।
विभागले मंगलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । अनुगमनको क्रममा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको गुणस्तरहिन सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।
दसैं तिहार र छठपर्व सुरुहुने समय नजिकिएसँगै विभागले पछिल्ला दिनमा ठूला र नाम कहलिएका ब्राण्डहरुमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ । महानिर्देशक पौडेलले यस्ता नाम चलेका ब्राण्डहरुले समेत बदमासी गरेपछि विभिगले अनुगमन कार्यलाई थप तिब्रता दिने बताए । मानव स्वास्थमा खेलवाढ गर्ने यस्ता कम्पनीहरुमाथी कडा कारबाही हुने बताउँदै पौडेलले भने, ‘यस्ता नाम चलेका ब्राण्डहरू त अरुका लागि उदाहरण बन्नु पर्ने हो, तर उपभोक्ता हित प्रतिकुल हुने काम नै यस्तो ब्राण्डमा भेटिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।