logo

सामसङ नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’

    428   पटक पढिएको


९ फागुन/अर्थ र व्यापार – सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको सो कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार ए १५ ५ जीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो । यस डिभाइसमा एफडीए प्लस रेजोल्युसन भएको ६.५ इन्चको उत्कृष्ट सुपर अमोल्डेड इन्फिनिटी–यु डिस्प्ले छ । जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्ने बताइएको छ । ९० एचजेड रिफ्रेस रेटको कारणले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुन्छ ।
कुनै कार्यक्रम, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिने बताइएको छ । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित,यसमा उद्भूत पर्फमेन्स र द्रुत ५ जी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ ।
यो फोनलाई सबै डिजिटल सामग्रीका लागि मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेज प्रदान गर्न डिजाइन गरिएको छ ।

यसको अत्याधुनिक क्यामराका विशेषताहरूले गर्दा ए १५ ५जीको क्यामेरा फोटोग्राफीका लागि उत्कृष्ट छ । ६/१२८जीबीको हाइ–इन्ड टेक्नोलोजीसहितको फोनको मूल्य २७ हजार ९९९ रुपैयाँ कायम छ ।यसैगरी , ८/१२८ जीबीको मोबाइल फोनको मूल्य २८ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ ।
सो कम्पनीका अनुसार सेवाग्राहीले इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्ने बताइएको छ । यो प्रक्रियाबाट फोन लिँदा शून्य प्रतिशतको ब्याजमा ईएमआई सेवा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।