logo

एक वर्षसम्म औषधि अभाव नहुने

    1945   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार-नेपालमा एक वर्षसम्मका लागि औषधि अभाव नहुने भएको छ । एक वर्षलाई हुने गरी औषधि र ९० दिनसम्मका लागि कच्चा पदार्थ पनि मौज्दात रहेको छ । कुनै विशेष औषधिको माग भएको अवस्थामा पनि कुनैपनि औषधिको अभाव नहुने छ ।  केही सञ्चार माध्यममा १५ दिनपछि देशभरी औषधिको अभाव हुने आसयका साथ समाचार आए लगत्तै बसेको औषधि उत्पालक संघको आकस्मिक बैठकमा सहभागी औषधि उत्पादकहरुले औषधिको कुनै अभाव नहुने र औषधिको उत्पादनका लागि कच्चा पदार्थका पनि अभाव नहुने प्रष्ट पारेका छन् ।

हालै आपूर्ती व्यवस्था महाशाखाले नेपालमा औषधी उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थमा औषधि सम्बन्धी गुणस्तरको नियमन गर्ने नेपालकै एकमात्र निकाय औषधि व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रही वोलपत्र आव्हान गरेका कारणबाट उक्त कच्चा पदार्थ पुनः आयात गर्न केही अतिरिक्त दिन लाग्ने भए तापनि नेपालमा औषधिको नियमित आपूर्तिमा कुनै प्रकारको ढिलाई र समस्या नहुने भएको छ ।

स्वास्थ्य मन्त्रालयकोे कार्यान्वयनको नीतिगत निर्णयका कारण औषधि उद्योगमा राष्ट्रिय पूँजीको विकास भई निकट भविष्यमा औषधिको आयात प्रतिस्थापन, निकासीको प्रबर्द्धन भई विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुग्नुका साथै हजारौमा रोजगारी सिर्जना हुने अवस्था बनिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।