logo

एलजी इलेक्ट्रोनिक्सको तेस्रो त्रैमासमा  नाफा ८० प्रतिशतले घट्ने

    1169   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - विश्वको दोस्रो ठूलो टिभी कम्पनी एलजी इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासमा आफ्नो नाफा ८० प्रतिशतले घट्ने बताएको छ । दक्षिण कोरियाली कम्पनीले मंगलबार उक्त अनुमान गरेको हो । जस अनुसार अघिल्लो त्रैमासको मुनाफा ६.७० करोड डलर पुग्ने अनुमान गरिएको छ । 

बजार  विश्लेषकहरूको अनुमान विपरीत एलजीको नाफामा उल्लेख्य कमी आउने प्रक्षेपण गरिएको हो । विश्लेषकहरूले ३४ करोड डलरको प्रक्षेपण गरेका थिए । एलजीले गतवर्षको अक्टोबरदेखि डिसेम्बरसम्ममा ७५ अर्ब ३० करोड नाफा हुने प्रक्षेपण गरेको छ । यसअघि अर्थ्विद्हरूले भने यो आकार ३ खर्ब ८७ अर्ब वन रहने बताएका थिए ।

कम्पनीको आम्दानी पनि ७ प्रतिशत कमजोर बन्दै १ सय ५८ खर्ब वनमा झर्ने बताएको छ । बिश्लेषकहरूले सोही अवधिमा १ सय ६३ खर्ब वन आम्दानी हुने अनुमान गरेका थिए । कम्पनीले यस विषयमा थप जानकारी भने दिएको छैन । जनवरीको अन्तिमसम्ममा कम्पनीले आफ्नो पूर्ण नतिजा सार्वजनिक गर्दै छ । विश्लेषकहरूका अनुसार नयाँ स्मार्टफोनको मार्केटिङ खर्च र बर्षको अन्त्यमा बोनस दिएका कारण एलजीको कमाई घट्न सक्नेछ । गत बर्ष जुन महिनासम्म ग्लोबल स्मार्टफोन मार्केटमा एलजीको ३ प्रतिशत शेयर थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।