logo

आज मैलुङ खोलाको आईपीओ निष्काशन बन्द हुँदै

    1997   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - मैलुङ खोला जलविद्युत कम्पनीले जेठ १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर आजदेखि निष्काशन बन्द हुन लागेको हो । रसुवाका आयोजना प्रभावितका लागि निष्काशन गरिएको तीन लाख ६८ हजार १४३ कित्ता सेयर निष्काशन बन्द हुन लागेको हो । 
 
उक्त सेयरमध्ये मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेकोे एक लाख ८४ हजार ७२ कित्ता आयोजना संरचना रहने र आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि छुट्याइएको छ । साथै एक लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरेको हो । बाँकी २० प्रतिशत सेयर केही समय पश्चात सर्वसाधारण र कर्मचारीका निष्काशन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।