१४ वैशाख/अर्थ र व्यापार – अहिले नेपालभर स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु छन् ।
अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ फागुनसम्ममा सो संख्यामा करदाता पुगेका हुन् । फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ छ ।
चालु आवमा मात्र ४ लाख २७ हजार ५ सय ८४ करदाताले प्यान नम्बर लिएको विभागको तथ्यांक छ ।
समिक्षा अवधीमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या २० लाख २६ हजार ९१ पुगेको छ । कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ३४ हजार ९ सय ९३ छ । यसरी कुल स्थायी लेखा नम्बर जारी ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको देखिएको छ ।
चालु आर्थिक वर्षको गत फागुनसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७ सय ७१ छन् । चालु आवमात्र १६ हजार ३ सय ५४ भ्याटमा दर्ता छन् । अन्तःशुल्कमा दर्ता हुने १ लाख २३ हजार ६ सय ७२ करदाता पुगेका छन् । चालु आवमात्र ६ हजार ३ सय ४ करदताता अन्तःशुल्कमा दर्ता छन् ।
तपाईको प्रतिक्रिया