logo

व्यवसायीका समस्या बजेटले सम्बोधन गर्छ : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

    82   पटक पढिएको

 

१२ वैशाख/अर्थ र व्यापार – प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा.युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।
‘अहिले यो महासंघले समग्र उद्योगी व्यवसायीको हित हुनेगरी होलेस्टिक एप्रोचमा समस्याहरु उजागर गरेको बुझेको छु’ उनले भने, ‘देशको अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योगहरु हुन् तसर्थ त्यस्ता उद्योगी व्यवसायीको माग समाधान गर्न लाग्नुस ।’
उनले आफुले महासंघले उठाएको एजेण्डाहरु सरकारसमक्ष राखेर सम्बोधन गर्न प्रयास गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे । यसैगरी, उनले महासंघले उद्योग व्यवसायको करका दरहरु हेर फेर मात्र नभई राष्ट्र र राष्ट्रिय अर्थतन्त्र चलायमान हुनेगरी कसरी सम्बोधन गर्ने भन्ने बिषयमा पनि ध्यान दिनुपर्ने बताए ।
चालू आर्थिक बर्षमा आर्थिक वृद्धिदर ४.५ देखि ५ प्रतिशतको हाराहारीमा हुने धारणा राख्दै उनले उत्पादनमुलक उद्योगको वृद्धिदर गत बर्ष नकारात्मक भएपनि यो बर्ष सकारात्मक रहेको र निर्माण र सेवा उद्योगका सूचकहरु पनि सकारात्मक रहेको बताए ।
‘नेपाल सरकारले आफ्नो प्राथमिकता अनुसार आयोजना अघि बढाएको छ विदेशी दातृ निकायले सदासयता देखाएर सहयोग गरेपनि उनीहरुले रोक्दैमा एमसीसी लगायतका आयोजनाहरु रोकिदैनन्,’ उनले भने ।
बैंकहरुले तत्काल ब्याजदर नबढाउने भएकाले उद्योगी व्यवसायीले ढुक्क भएर प्लान अनुसार काम गरे हुन्छ भन्दै उनले अहिले उत्पादित तयारी बस्तु भन्दा कच्चा पदार्थको भन्सार मूल्य बढी भएकाले त्यसमा सम्बोधन गर्नुपर्ने र औद्योगिक कच्चा पदार्थ आयातलाई सहजिकरण गर्ने गृहकार्य भईरहेको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनसंगठन इन्चार्ज भानुभक्त ढकालले महासंघले समग्र उद्योगी व्यवसायीको माग सम्वोधन हुनेगरी काम गर्नुपर्ने बताए । ‘पार्टी सरकारमा रहेको बेला उद्योगी व्यवसायीका समस्या समाधान गर्न महासंघको ठूलो भुमिका छ,’ उनले भने, ‘सरकारले आगामी आवको बजेट बनाउँदै छ त्यसमार्फत समग्र उद्योगी व्यवसायीको समस्या समाधान गराउन लाग्नु पर्नेछ यस विषयमा मेरो पनि सहयोग रहनेछ ।’
महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिले उद्योगी व्यवसायी समस्यामा रहेको र त्यस विषयमा सरकारले आफ्ना मागहरु सम्वोधन गर्दै गएको बताए । ‘हामीले समग्र उद्योगी व्यवसायीहरुसंग सुझाव लिएर त्यसको किताव तयार पारेर सरकारलाई बुझाएका छौं,’ उनले भने, ‘सरकारले गठन गरेको खनाल आयोगले हाम्रा अघिकांश माग सम्वोधन गर्नेगरी प्रतिवेदनमा समावेश गरेको छ यो एकदमै सह्रानीय छ ।’
महासंघका उपमहासचिव डिमप्रसाद पौडेलले इ–कमर्श परियोजना सार्वजनिक गर्दै आगामी दिनमा देशभरीका उद्योगी व्यवसायीलाई एउटै प्लेटफर्ममा जोड्ने बताए । यसैगरी महासंघका अर्थसचिव गोपाल खनालले संस्थाको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए ।
यसैगरी, महासंघ इन्चार्ज रचना खड्काले महासंघले सम्पूर्ण उद्योगी व्यवसायीलाई गोलबन्द गरी अघि बढ्नुपर्ने बताइन् । उनले संस्थामा निर्वाचित भएर आएका अध्यक्षलगायत सिंगो कमिटीले व्यवसायीक हकहितमा काम गर्नुपर्ने जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।