logo

लगानी सम्मेलनमा भारतीय लगानीकर्ता बोलाउन दिल्लीमा ‘इन्डस्ट्री मिट’

    757   पटक पढिएको


३० चैत/ अर्थ र व्यापार – नेपालले आगामी १६ र १७ बैशाखमा आयोजना गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरेको छ ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास र पीएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको इन्डस्ट्री मिटमा भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए ।
आगामी बैशाखमा हुन लागेको लगानी सम्मेलन भारतीय लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने र पुर्नलगानी योजना बनाउन छलफल गर्ने तथा ठूला व्यापारको आइडिया फुराउने एउटा उपयुक्त अवसर हुने विश्वास व्यक्त गर्दै राजदुत शर्माले भने, ‘नेपालमा लगानी भित्राउन सरकारले व्यापार कानुनदेखि प्रक्रिया सबै सरलीकरण गरिरहेको छ । नेपालमा सञ्चालित व्यापारिक समूह र नेपालको बजार प्रवेश गर्न चाहनेलाई सरकारले सदैव स्वागत गर्ने छ । हामी भारतीय लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रको अंग बन्न आमन्त्रण गर्दछौं ।’
यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बहृत सहभागिता हुने अपेक्षा रहेको बताए । ‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरको उदीयमान लगानी गन्तव्यका रूपमा हेरेर सहयोग गरिदिन भारतीय औद्योगिक अगुवाहरूसँग आग्रह गर्दछु,’ भट्टले भने, ‘हामी भारतीय लगानीकर्तालाई स्वागत गर्न आतुर छौं ।’
नेपालका लागि भारतका पूर्व राजदूत तथा दिल्लीस्थित भारत–नेपाल केन्द्रका अध्यक्ष मञ्जीवसिंह पुरीले नेपाल सार्वभौम मुलुक भएकाले जुनसुकै मुलुकसँग काम गर्न स्वतन्त्र रहेको बताए । भारतीयहरुमाझ नेपालको नयाँ गठबन्धन चीनतर्फ ढल्केको भन्ने बुझाइ रहेकोमा त्यसलाई चिर्न पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिएको सहभागीहरुले बताएका थिए ।
आगामी तेस्रो लगानी सम्मेलनमा प्रमुख नीति निर्माता, उच्च सरकारी अधिकारी, प्रभावशाली व्यापारीदेखि विश्वव्यापी वित्तीय संस्थाहरू सहभागी हुनेछन् । जहाँ लगानी विविधीकरणका अवसर, जलविद्युत्मा आकर्षक आयोजनाका सम्भावना, पर्यटन, कृषि, निर्माण, सहरी विकास लगायतमा बृहत छलफल हुनेछ ।
त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । इन्डस्ट्री मिटमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, भारतीय उद्योगपतिहरू अनिल खेतान, अजय पोद्दार, कमलेश जैन र अनुकूल भटनागर, भारत–नेपाल केन्द्रका सचिव अतुल ठाकुर, क्लास्पका वरिष्ठ निर्देशक (भारत) विशाल थापा लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।