logo

अडानले पारित गर्यो ७ बुँदे प्रस्ताव, अर्थतन्त्र चलायमान बनाउन सरकारको ध्यानाकर्षण

    869   पटक पढिएको


१८ चैत/अर्थ र व्यापार – लेखापरीक्षकहरुको पेशागत संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) ले निजी क्षेत्रको आत्मबल बढाई देशको अर्थतन्त्र चलायमान बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
अडानले आफ्नो छैटौं राष्ट्रिय परिषद्बाट ७ बुँदे विशेष प्रस्ताव पारित गर्दै अर्थतन्त्र चलायमान बनाउने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो।
‘विदेशी संचिति बलियो अवस्थामा रहँदारहँदै एवं करिब ७ खर्ब लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थामा मौज्दात हुँदा पनि मुलुकको अर्थतन्त्र शिथिल छ।
यस अवस्थाको अन्त्य गर्दै सम्पूर्ण निजी क्षेत्रको आत्मबल बढाई अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसमक्ष यो परिषद् अपिल गर्दछ,’ अडानले पारित गरेको प्रस्तावमा भनिएको छ।
योग्य र क्षमतावान रजिष्टर्ड लेखापरीक्षकले सहजरुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को समान सदस्यता पाउने व्यवस्था मिलाउन पनि अडानले माग गरेको छ।
आईक्यानको दशौं काउन्सिलको आसन्न निर्वाचनमा अडानका तर्फबाट ४ उम्मेदवार खडा गर्ने, लेखापरीक्षणसँग सम्बन्धित ऐन संशोधनका लागि सरकारसँग माग गर्ने लगायत प्रस्ताव पारित अडानका प्रथम उपाध्यक्ष डोल प्रसाद दाहालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अडानले एउटै विषयमा स्थानीय तहले अलग अलग कानुन बनाउँदा लेखा व्यवसायीलाई परेको भन्दै संविधान विपरीत नहुने गरी कानुन निर्माण गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।