logo

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन नेउवा महासंघ अध्यक्ष ढकालको माग

    707   पटक पढिएको

१६ चैत/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनुपर्ने माग गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकोत्सवका अवसरमा नेउवा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । अध्यक्ष ढकालले देश विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताए ।
उनले भने,‘सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन, किनकि यसले परियोजनामा ढिलाइ हुन सक्छ ।’अर्बौं रकम भुक्तानी नपाउँदा व्यवसायीको सप्लाई चेन, बैंक किस्ता एवं श्रमिक लगायत करको ठूलो रकम भुक्तानी गर्न व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । उनले आगामी दिनमा अर्थतन्त्र सुधार आउने बताए ।
कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकबाट सहजै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्ने समेत बताए । नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासका लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।