logo

नवनियुक्त अर्थमन्त्री पुनले सम्हाले कार्यभार, राजस्व बृद्धि दोब्बर बनाउने लक्ष्य

    731   पटक पढिएको

२४ फागुन/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बुधबार नै अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त अर्थमन्त्री पुनलाई अर्थ मन्त्रालयमा अर्थ सचिव कृष्णहरी पुष्करसहित कर्मचारीहरुले स्वागत गरेका थिए । उनले राजस्व बृद्धिलाई दोब्बर बनाउने पहिलो निर्णय समेत गरेका छन् । उनले प्राथमिक्ता निर्धारण गरेर देसको अर्थतन्त्र सुधार्ने प्रतिवद्धता समेत व्यक्त गरे । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले आगामी दिनमा देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाए ।
नव नियुक्त अर्थमन्त्री पुनले आफुले सक्दो प्रयासगरि आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताए । उनले आगामी दिनमा आफुले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र हाल सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।
‘सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु’ अर्थमन्त्री पुनले भने ।
उनले हाल देखिएको जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्ने बताए ।
‘अहिले आफुले सम्हालेको मन्त्रालय असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २÷३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्ने अवसर पनि मिल्यो’ नवनियुक्त अर्थमन्त्री पुनले भने ।
उनले मुलुकको राजस्व परिचालनलाई थप शसक्त बनाउने बताएका छन ।
‘अर्थतन्त्रको सबै क्षेत्रमा समस्य छैन राजस्व परिचालन गत वर्षको तुलनामा १० प्रतिशत बढी छ । अब यसलाई दोब्बर बनाउन सकिन्छ भन्ने विस्वास मलाई लागेको छ’ उनले भने । आफुले धेरै विज्ञहरुसंग पनि कुरा गरेको भन्दै उनले मन्त्रालयको काम भनेकै राजस्व संकलन गर्ने भएकाले खर्चको लागि अलि हात खुकुलो बनाउपर्छ । खर्च र आम्दानीलाई सनतुलन गर्नुपर्ने अवस्था रहेकाले आफुले सोही अनुसारको काम गर्ने बताए । यसअघिको अनुभव पनि आफुसँग रहेको भन्दै उनले सेयर लगानीकर्ताको मर्कालाई पनि बुझेर सरकार अघि बढ्ने बताए ।
‘पहिले पनि घरजग्गा र सहकारीमा समस्या थियो। त्यतिबेला हामिले कडाईका साथ काम गरेर जोगाएका थियौँ । अहिले पनि हामिले धेरै काम गर्नु पर्नेछ। अहिले जनताको अपेक्षा धेरै छ। अहिले प्रविधिको युग छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।