logo

उद्योगीको लाइन काटेपछि मन्दीमा रहेको अर्थतन्त्र थप प्रभावित बन्यो :महासंघका अध्यक्ष ढकाल

    663   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको १० औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । उनले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराए । उनले पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्यासँगै साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती रहेको बताउँदै उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएको र विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएको जानकारी गराए । उनले अब ती कुराहरू कार्यन्वयन हुनु पर्नेमा जोड दिए ।
पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा रहेकाले उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको भन्दै ढकालले भने, ‘ले यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’
निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताउँदै उनले भने, ‘यसरी काटिएको लाइन जोडन र थप नकाट्न म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’
मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको , वाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन नसकेको भन्दै उनले यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको बताए ।
‘मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन् । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तर, समाधानमा ध्यान पुगेन् । हामीले असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठक भएको छैन्’ उनले भने ।
उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनीकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिएको र आफुहरुले माग गरेको यही र यस्तै संयन्त्र हो भन्दै उनले जसले सम्वेदनशील भएर उद्यमीका समस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह यहि भएको बताए ।
‘हामीले थप व्यवसायिक वातावरण विगार्नु हुँदैन । नत्र हामी थप समस्यामा पर्दै जानेछौ । अहिले हालसम्मकै उच्च विदेशी विनिमय संचिति छ । अत्यधिक रेमिट्यान्स आइरहेको छ । बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । यसको उपयोग निजी क्षेत्रले नै गर्ने हो । यसको वातावरण मात्रै सरकारले बनाइ दिने हो ’अध्यक्ष ढकालले भने ।
यसका लागि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेका जानकारी गराउदै कोहलपुरमा कुन कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कतिको छ, यसमा गृहकार्य गर्न आग्रह गरे । लगानीका अवसर पहिचान गर्न सक्यौ भने लगानीको खांचो हुने छैन नहुने उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।