logo

जग्गाको कित्ताकाट खुलाउने सरकारी निणर्यले पनि अझै घरजग्गा बजारमा सुधार भएन

    964   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपनि अझै घर जग्गा कारोबारमा सुधार आएको छैन ।
जसका कारण हाल खरिद विक्रीको चहल पहल समेत घटेको छ । भदौमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढेपनि कारोबार संख्या भने साउनको तुलनामा घटेको छ ।
घरजग्गा कारोबार चलायमान नबन्दा देशको समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले महिना दिनअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाएपनि बजार तयार नहुँदा घरजग्गा कारोबार अझै माथि उठ्न नसकेको देखिन्छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा देशभरका मालपोत कार्यालयहरुबाट ३५ हजार ६८६ लिखत पारित भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखत पारित ३९ हजार २६३ मा झर्दै घरजग्गा कारोबार थप संकटमा फसेको थियो।
असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५०८ ले घटेको थियो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ लिखत पारित भएको थियो।
साउनको तुलनामा भदौमा लिखत पारित ३५ सय भन्दा बढीले घटेको छ। यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो साउनको तुलनामा ४४ करोड रुपैयाँभन्दा बढी हो। २०७९/८० को भदौमा लिखत पारित ३४ हजार ७२० थियो भने राजस्व ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो।
सहरी क्षेत्रहरुमा बढी कारोबार भएकाले राजस्व बढी देखिएको विभागका अधिकारी बताउँछन्। बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबारलाई थप शिथिल बनाइरहेको घरजग्गा व्यवसायीहरुको गुनासो छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले समग्र अर्थतन्त्रमै मन्दी छाइरहेको अवस्थामा घरजग्गा कारोबार राम्रो हुन्छ भन्नु कल्पना बाहिरको कुरा भएको बताए ।
उनका अनुसार पछिल्लो समय सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त बन्दै गएपछि धेरै निक्षेपकर्ताको पैसा डुबेको छ । जसका कारण सहकारीबाट घरजग्गामा हुने लगानी न्यून छ । जसले गर्दा कारोबारलाई उठ्न नदिएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ । उनीहरुले अझै लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेकाले कारोबार नभएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।