logo

व्यवसायी र सरकारबिच वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

    692   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवारबाट सम्पन्न गरेको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलवार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरेको थियो ।
शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालोपट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका थिए ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्ना सहित सांकेतिक ताला लगाएको थियो । यसैगरी, बरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)नेतृत्वको टोलीले सिंचाई विभागमा नाराबाजी गर्दै सांकेतिक तालाबन्दी गरेको थियो । सडक विभागको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका जायज माग राज्यले पूरा गर्ने विश्वास व्यक्त गरे ।
महासंघका बरिष्ठ उपाध्यक्ष ई.आङ दोर्जी लामा (एडी) ले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योग स्थापनामा केन्द्रीत रहेको बताए ।
यसैबिच, आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि महासंघको मंगलवार सम्पन्न कार्य समिति बैठकले अध्यक्ष सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
महासंघले सरकारबाट छलफलकालागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै आफ्ना माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने जनाएको छ ।
जसअन्र्तगत ७७ वटै जिल्ला संघहरूले बुधवारदेखि आ—आफ्नो कार्यालयमा महासंघको ९ बुँदे माग सहितको ब्यानर राख्ने भएका छन् । व्यवसायीहरूको अबौं रकम भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्यादथप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, लगायतका विभिन्न ९बुँदे माग राखि व्यवसायीहरू गत १४ साउनदेखि निरन्तर आन्दोलनमा रहेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । आन्दोलनका कार्यक्रम अन्र्तगत व्यवसायीहरूले १४ साउन यता सार्वजनिक खरिद अनुगमनकार्यालय, प्रधानमन्त्रीनिवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरवार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।