logo

२० वर्ष पुराना गाडी हटाउन दिइएको म्याद आजबाट सकियो, अब के हुन्छ ?

    750   पटक पढिएको


११ असार/अर्थ र व्यापार – २० वर्ष पुराना गाडी पत्रु गर्न सरकारले दिएको म्याद आज (११ असार) बाट सकिएको छ । यसअघि गत ७ जेठमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सूचना जारी गरी ३५ दिनभित्र २० वर्ष पुराना सार्वजनिक सवारीसाधन पत्रु गराई हटाउन निर्देशन दियो।
प्रदेशको सो मन्त्रालयका अनुसार प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १९ (४) बमोजिम विद्युतीय सार्वजनिक गाडीका हकमा ३० वर्ष र अन्य सार्वजनिक गाडीका हकमा २० वर्ष कटेकालाई आजसम्म पत्रु गर्नुपर्नेछ। मन्त्रालयले तोकेको म्याद आइतबार नै सकिएको छ ।

म्याद सकिए पनि तत्काल कारबाहीमा भने नजाने मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिए। ‘हामीले दिएको म्याद त सकियो तर, कारबाहीमा जानुभन्दा पहिले हामी सरोकारवाला निकायसँग एकपटक छलफल गर्छौं। त्यसपछि बल्ल कारबाहीको कुरा अघि बढ्छ,’ सचिव तामाङले भने।
छलफलपछि मात्र कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइने उनले स्पष्ट पारे।
सवारीसाधन निर्माण मिति हेरेर आयु तोकिन नहुने नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव दिलीपकुमार श्रेष्ठ बताउँछन्। कसैले आफ्नो गाडी निकै कन्डिसनमा राखेको हुनसक्छ । कसैको गाडी १० वर्षमै काम नलाग्ने भएको पनि हुनसक्ने बताउँदै श्रेष्ठले भने, ‘त्यसकारण सवारीसाधनको उमेरका आधारमा आयु तोकिनु हुँदैन। यान्त्रिक परीक्षणपछि गरेर अयोग्य सवारीसाधनमात्र पत्रु गर्नुपर्छ।’
सरकारले तोकेको समय व्यवसायीलाई निकै थोरै भएको सार्वजनिक यातायात व्यवसायीहरुले बताएका छन । उनीहरुले पुराना गाडी विस्थापित गर्ने निर्णय उचित भए पनि तोकेको मिति थोरै भएको बताएका छन ।
‘२० वर्ष कटेका ग्यास ट्याम्पु र निलो माइक्रोलाई सरकारले विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्न दिने कुरा ऐनमै छ। यो कुरा स्वागतयोग्य पनि छ,’ उनीहरुले भने, ‘तर, यो छोटो अवधिमा व्यवसायीलाई नयाँ गाडी किन्न समस्या पर्छ।’
अहिलेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै सरकारले म्याद थप्नेमा उनीहरु आशावादी रहेका छन्। ‘आर्थिक मन्दी, विक्रेताले सवारीसाधन पु¥याउन नसक्नुलगायत समस्याले व्यवसायीलाई ट्याक्सी सट्टाभर्ना गर्न समस्या परेको छ। प्रदेशको बजेटले २०८० फागुन मसान्तसम्म पुराना गाडीको कर तिर्दा जरिवाना नलिने नीति लिएकाले त्यतिन्जेलसम्म समय पाइन्छ कि भन्ने आशा रहेको उनीहरुले बताएका छन ।

सरकारको यो नीति कार्यान्वयन भए २ हजारभन्दा धेरै सवारीसाधन प्रभावित हुनेछन्। करिब ३ सय ५० ग्यास ट्याम्पु, २ सय ५० माइक्रो र १ हजार ५ सय ट्याक्सीको म्याद गुज्रिसकेको यातायात व्यवसायीको अनुमान छ । यातायात कार्यालयले आजदेखि नै यस्ता गाडी प्रतिबन्ध गरे पहिलो निशानामा ट्याक्सी, निलो माइक्रो र ग्यास ट्याम्पु पर्नेछन्।
निलो माइक्रो र ग्यास ट्याम्पुको २० वर्षे आयु केही वर्षअघि नै सकिएको थियो। हाल यी सवारी बिनाजाँच पास र बिनानवीकरण चलिरहेका छन्। त्यस्तै २००० देखि २००३ मोडेलका करिब १ हजार ५ सय ट्याक्सीको पनि २० वर्षे आयु सकिइसकेको छ।
२० वर्ष पुराना सवारीसाधन एकैपटक विस्थापित गर्न भने त्यति सहज देखिँदैन। सवारीसाधनको तथ्यांक न यातायात व्यवस्था विभागसँग छ, । न मन्त्रालयसँग। ट्रफिक प्रहरीले गाडीको आयुबारे जानकारि पाउन ब्लुबुक नै हेर्नुपर्ने बाध्यता छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ सालको १ चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनमाथि प्रतिबन्ध लगाएको थियो। २०७२ सालको १ चैतमा बसेको मन्त्रिपरिषद बैठकले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना अन्तर्गत २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक यातायात दुई वर्षभित्र पत्रु तथा विस्थापन गर्नुपर्ने निर्णय गरेको थियो।
यसैगरि, बागमती प्रदेश सरकारले २०८५ सालभित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यबमोजिम सरकारले २० वर्ष कटेका पुराना ट्याक्सी, निलो माइक्रो र ग्यास ट्याम्पुलाई विद्युतीय ट्याक्सीमा मात्र सट्टाभर्ना गर्ने निर्णय गरेको थियो। अब यो नियार्य कसरी कार्यान्वयन हुँदै छ । सोहीको प्रतिक्षामा सम्बन्धीत सरोकारवालाहरु छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।