logo

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

    424   पटक पढिएको


२२ जेठ/अर्थ र व्यापार – नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने भएको छ । एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन सम्झौता भएको हो ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानबीच उक्त सम्झौता भएको थियो ।
आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फण्ड ट्रान्सफर एवम् भुक्तानीलाई सहज बनाउदैं दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबारहरूलाई थप सहज गर्न उक्त सम्झौता गरिएको छ ।
जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरू बीच इनवार्ड र आउटवार्ड ट्रान्सफरको लागि आवश्यक व्यवस्था मिलाउन भारतको युपीआइ र नेपालको एनपीआइबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानलहरूलाई सबलीकरण गरिने बताइएको छ ।

दुई देश बीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ । युपीआई विश्वको सबै भन्दा इनोभेटिभ र एडभान्स भुक्तानी पूर्वाधार मध्ये एक हो । यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो एमओयुको आधारमा एनसीएचएल र एनआइपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालन सम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन् । साथै, कारोबारको प्रकार र आवश्यकतानुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागु गरिनेछ ।

एनआईपीएल, नेशनल पेमेन्ट कर्पोरेशनअफ इन्डिया एनपीसीआई को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ । भारतीय रिजर्व बैंक आरबीआई र भारतीय बैंक संघ आईबीए को पहलमा स्थापना भएको एनपीसीआइ भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता सङ्गठन हो ।

यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आइरहेको छ । त्यसैगरी, एनसीएचएल मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा स्थापना भएको कम्पनी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।