logo

फेरि इन्धनमा भारि मुल्यबृद्धि, ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढ्यो

पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि

    1026   पटक पढिएको

९ जेठ/अर्थ र व्यापार – हरेक क्षेत्रमा अकासिएको चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य आम उपभोक्ताको ढाड सेक्नेगरि सरकारले फेरि इन्धनको मुल्यमा भारि बृद्धि गरेको छ । भारतबाट ल्याउने बेलामा नै भाउ बढेको भन्दै नेपाल आयल निगमले अहिले पुनः खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा भारि बृद्धि गरेको हो ।
आयल निगमले आइतबार राती १२ बजेदखि नै लागुहुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मुल्य बढाएको छ । निगमले गरेको यस्तो निणर्य पछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्ने भएको छ ।
यसैगरि, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर दुईसय रुपैयाँका दरले बढाएको छ । अब खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ । यसभन्दा एकसाता अघि मात्र सरकारले खाना पकाउने ग्यासको मुल्य बढाएर प्रतिसिलिण्डर १६ सय रुपैयाँ पु¥याएको थियो । यसअघि प्रति लिटर पेट्रोलको मुल्य १७० रुपैयाँ , डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५३ रुपैयाँ थियो ।
यसभन्दा एकसात अघि मात्र आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य भारि मात्रामा बढाएको थियो । अहिले फेरि निगमले सोही कारण देखाउँदै आम उपभोक्ताको ढाड सेक्नेगरि यतिधेरै मुल्य बढाएको हो । निगमका अनुसार यसरी बढाईएको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने छ ।
निगमका सह प्रवक्ता पुष्कर कर्कीले भारतबाट ल्याउने बेलामा नै खरिदमुल्य बढेका कारण निगमले बाध्य भएर माग अनुसारको आयात धान्न नसक्ने भएपछि यसरी मुल्य बुढाउनुपरेको बताए । उनले अझै निगमलाई इन्धन आयातमा घाटा भईरहेको बताए ।
गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन लगत्तै सरकारले यो पटकसहित लगातार दुईपटक सम्म इन्धनको मुल्य बढाएको हो । आयल निगमले हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढाएको छ । निगमले बढाएको यस नयाँ मुल्य अनुसार हवाई न्धनमा १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब रुपैयाँ, डिजलमा ३ अर्ब ४० करोड रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमको दाबी छ ।
सम्बन्धीत उपभोक्ता अधिकारकर्मीहरुले सरकार यसरी बढाएको चर्को मुल्यबृद्धिले अब न्युन आय भएका सर्वसाधारण उपभोक्तालाई दैनिक भन्सा चलाउन समेत निकै कढिन हुने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।