logo

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि वाणिज्य विभागले उद्योगीसँग माग्यो मौज्दातको विवरण

    1200   पटक पढिएको

१ चैत/अर्थ र व्यापार – हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।
रुस–युक्रेन युद्धलाई बहाना बनाएर र रुस–युक्रेन झगडाले विश्वको आपूर्ति व्यवस्था बिथोलिएको भन्दै अहिले बजारमा दैनिक उपभोग्य बस्तुदेखि निर्माण समग्री लगायत हरेक क्षेत्रमा अस्वभाविक रुपले मूल्य बढाईएको छ ।
रुस–युक्रेन यद्धका कारण हाल युक्रेन र रुसबाट कुनै पनि बस्तु विश्व बजारमा निर्यात हुन नसकेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएर दैनिक उपभोग्य बस्तुको भाउ बढेको उद्योगीहरुको भनाई छ छ । उनीहरुले सोही युद्धकै कारण अन्तर्राष्ट्रिय बजारमा माग उच्च हुँदा बस्तुको मूल्य उच्च हुँदै गएको दावी गरेका छन ।
रुस–युक्रेन युद्धका कारण अहिले नेपालमा त्यसको सबै भन्दा बढी असर खाने तेलमा परेको छ । उद्यागीहरुले सनफ्लावर तेलको ९० प्रतिशत कच्चा पदार्थ युक्रेनबाट आयात गर्ने गरेका छन, भने बाँकि १० प्रतिशत रुसबाट आयात गर्ने गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको माघसम्म १२ अर्बको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ । जसमा ९ अर्बको कच्चा पदार्थ युक्रेनबाट र २ अर्ब ५८ करोडको कच्चा पदार्थ रुसबाट आयात भएको छ ।
रुस र युक्रेनबाट विश्व बजारमा सनफ्लावरको कच्चा पदार्थ आपूर्ति हुन नसके पछि त्यसको चाप सोयाविनमा परेको छ । युद्ध सुरु भएपछि एक सातामै सोयाविनको मूल्य प्रति टन १५९० सय डलर बाट बढेर १७ सय डलर माथि पुगेको थियो । तर अहिले पुनः घटेर प्रति टन १६ सय डलरमा झरेको छ । जुन ४ महिना अघि अर्थात नोभेम्बर ४ मा प्रति टन ११ सय ९० डलरमा कारोबार भइरहेको थियो ।
त्यस्तै डलर र पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै दैनिक दाल, चालम, चिनी लगायतका बस्तुको मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँले बढेको छ । विभिन्न कारण देखाउँदै उद्योगी व्यापारीहरुले वस्तुको मूल्य बढाउन थालेपछि विभागले मौखिक रुपमा मौज्दातको विवरण माग गरेको विभागका प्रवक्ता हरि पंगेनीले जानकारि दिए । अहिले बजारमा मूल्य बढेका सबै बस्तुको विवरण माग गरिएपनि अझै आईनसकेको बताउँदै पंगेनीले भने, ‘ अब उद्योगीले आफुसित भएको बस्तुको मौज्दात उपलब्ध गराउँनै पर्छ नत्र सरकारले कारबाही गर्छ । ’
उद्योगीहरुले भने सरकारले एक साताको समय दिइएको भएपनि तथ्यांक संकलन भएपछि ३ दिन आफूलाई क्रस चेक गर्न समय लाग्ने बताएका छन । युद्ध सुरु भएकै दिनबाट नेपाल खाने तेल प्रति लिटर ४० रुपैयाँ बढाएर २८० पु¥याइएको छ ।
बिभागले खाने तेलको मौज्दात माग गरेको एक साता भएपनि उद्योगिले मौज्दात दिएका छैनन् । त्यस्तै लागत महंगो भएको भन्दै उद्योगीले चिनीको मूल्य प्रति केजी १० रुपैयाँले बढाएपछि चिनी उद्योगीसँग पनि मौैैैज्दात मागेका छ । तर, हालसम्म कसैले पनि उपलब्ध गराएका छैनन् । यस अघि दाना उद्योगीले पुसमा दानाको मौज्दा विभागलाई बुझाएको थियो ।
यसैगरि, पेट्रोलियम पदार्थ महंगो भएको भन्दै स्टिल उद्यागीहरुले डण्डी तथा छड्को मूल्य प्रति केजी १५ देखि २० रुपैयँले बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य नेपालको इतिहासकै उच्च भएको र उद्यागीहरुले उद्योग डिजेलबाट चलाउनु पर्दा लागत बढेको भन्दै मूल्य बृद्धि गरेका हुन ।
बाणिज्य विभागले स्टिल उद्योगीलाई पनि एक साताको सय दिएर मौज्दात माग गरेको छ । यसैगरि, आइतबार अम्बे स्टिललाई ३५ मेगवाट विद्युत उपलब्ध गराएपछि छड्को मूल्य घट्ने बताईए पनि घटेको भने देखिएको छैन् । यस्तो अवस्थामा अझै उद्योगीले आफुलाई फाइदा हुने काम मात्र गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।