logo

सुनको भाउ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुग्यो

    858   पटक पढिएको

२३ फागुन/अर्थ र व्यापार – सुनको मूल्य सोमबार प्रतितोलामा १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रति तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यसैगरि, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँको दरले बढेको छ। आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार मात्र सरकारले यस्तो महंगो सुन आयातको सिमा कटौती गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको परिपत्र बमोजिम अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने छ । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० केजी सुन आयात गर्न पाउँथे। अहिले सो परिणाममा ५० प्रतिशतले घटाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।