logo

चाँदी अस्वभाविक आयातबारे समितिको प्रश्न

के चाँदीको खाटमा सुत्नकालागि चार महिनामै ९ अर्बको चाँदी ल्याईएको हो ?

    1299   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार– संसदीय संसदको सार्वजनिक लेखा समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गरिएको छलफलमा समितिका सभापति भरतकुमार शाहले यस्तो प्रस्न गरेका हुन् । उनले चाँदी खाटमा सुत्न यतिधेरै परिमाणमा चाँदी आयात गरिएको हो र ? भन्ने प्रश्न गरे ।
चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ४ महिनाको अवधीम ९ अर्ब रूपैयाँ भन्दा बढीको चाँदी आयात भएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सीमा लगाएको छ । सभापति शाहले भने, ‘चार महिनामै किन यति धेरै चाँदी किन आयात भएको छ, हाल नेपालील चाँदीकै खाट बनाएर सुतिरहेका छन् र ?।
यसैगरि, समितिका सभापति शाहले सुन चाँदी, गाडी, पेट्रोलियम पदार्थ, साथै कच्चा पाम र सोयानिन तेलको आयात बढ्दा मुलुकमा बैंकिङ तरलतामा चाप परेको जिकिर गरे । उनले आयातीत चाँदीको उपयोगको बारेमा सरकार र सम्बन्धि निकायले अध्ययन गर्नुपर्ने बताए । शाहले भ्यालु एड भएर मुलुकको अर्थतन्त्रमा योगदान दिन नसक्ने पाम तेल र सोयाविन तेलको आयात बढ्नु अर्थतन्त्रको लागि उपयुक्त नभएको बताए ।
आयात बढेकैले तरलता अभाव भएको हुँदा यसमा नियन्त्रण आवश्यक रहेको उनको भनाई छ । ब्याजदर लगायतका क्षेत्रमा नियामकीय निकायको हस्तक्षेपकारी भुमिका सकारात्मक भएको भन्दै उनले नियामक निकायको काम नै आवश्यक ठाउँमा हस्तक्षेप गर्नुपर्ने बेला आएको बताए ।
त्यसैगरि,सभापति शाहले वितेका चार महिनामा नै ४ खर्ब कर्जा प्रवाह भएको भन्दै एक वर्षमा १२ खर्ब कर्जा दिने ? भनेर प्रश्न गरे । उनले ठेक्काको धरौटी वापत १ खर्ब रहेको भन्दै त्यसलाई वाणिज्य बैंकमा पठाएर उपयोग गरिनु पर्ने बताए । सभापति शाहले तरलता अभाव भएको बेलामा धरौटीमै खर्ब रुपैयाँ रहेकोमा आश्चर्य व्यक्त गरे ।
लेखा समितिले देशको वर्तमान आर्थिक स्थितिबारे छलफल गर्न अर्थ सचिब मधु मरासिनी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलमा बोलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।