logo

सरकारले पहिलो पटक सार्वजनिक ग¥यो घरजग्गाको मूल्य सर्वेक्षण , वार्षिक मूल्य बृद्धि साढे २६ प्रतिशत

    1270   पटक पढिएको

३ कात्तिक / अर्थ र व्यापार –  सरकारले पहिलो पटक घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलोपटक यसरी घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । 
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच सो प्रतिवेदन सार्वजनिक गरेका हुन । राष्ट्र बैंकले तीन चार वर्ष अघिदेखि नै तयारी सुरु गरेको यो प्रतिवेदन तयारपार्न दुई वर्ष लागेको र पहिलोपटक औपचारिक रुपमा सार्वजनिक भएको जनाएको छ ।
राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको यस प्रतिवेदन अनुसार हाल नेपालमा बैंकबाट प्राप्त भएको तथ्यांकको आधारमा घरजग्गाको मूल्यवृद्धि औसत २६.४५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७६/७७ को तथ्यांकका आधारमा राष्ट्र बैंकले तयार पारेको यस्तो मूल्य बृद्धि मालपोत कार्यालयबाट पाप्त तथ्यांकको भन्दा बढी हुने गरेको छ । 
राष्ट्र बैंकको तथ्यांक अनुसार मालपोत कार्यालयको तथ्यांक अनुसार यस आवको मूल्यबृद्धि जम्मा १९.७३ प्रतिशत रहेको पनि सो सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक तयार पारिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो सूचक नियमित रूपमा सार्वजनिक गर्ने र घरजग्गाको अवस्थाको बारेमा यथार्थ चित्रण गर्ने माध्यम भएको पनि बताए । 
यसैगरि, गर्भनर अधिकारीले घरजग्गाको सूचक मापद गर्न पहिलेदेखि नै खोजिरहेको भएपनि अब भने एउटा मापक तयार भएको बताए । 
राष्ट्र बैंकले यस्तो सूचकांक तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पनि राष्ट्र बैंकले आफ्नो उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो ९ महिनाको अवधीमा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष पनि सो सर्वेक्षणले निकालेको  छ । 
यसैगरि, मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । त्यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो ।
राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकांक महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । 
घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता केन्द्रबाट तथ्यांक संकलन गरिएको सो प्रतिवेदनमा उल्लेख छ ।
छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुईवटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम ६ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।  यी स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको थियो । 
नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ । 
घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भार अंक निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ। यी अंक भारलाई जिल्लागत, प्रदेशगत एवं राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको राष्ट्र बैंकले जानकारि दिएको छ ।
राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक प्रकाश श्रेष्ठले यो प्रतिवेदन पहिलो पटक सार्वजनिक भएकाले समय लागेको बताए । उनले अब यही तरिकममा नियमित रूपमा प्रतिवेदन आउने र सोही तथ्यांकका आधारमा घरजग्गाको कारोबार विवरण पनि तय हुने जानकारी दिए । श्रेष्ठका अनुसार मालपोत मूल्यांकन भन्दा बढी बैंकको हुने गरेको यस्तो तथ्यांक दुबै एकै होस् भन्ने उद्देश्य भएपनि व्यवहारिक रुपमा त्यसो हुन नसकेको बताए । यसैगरि, उनले बैंकिङ मूल्यबृद्धिका आधारमा नै जग्गाको किनबेच हुने गरेकाले यो पनि एउटा मापनको आधार भने भएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।